Home

Chat
e-Cards
Recent & Past Events
Models

News Portal
Pokhara Photo Gallery
 
 » Past Events

9th Pokhara Street Festival 2007

8th National Taekwando Championship

National Industrial Trade Fair 2007

Surya Lights - Rhytham Nights

Trade Fair Fashion Show 2007 - II

Volleyball Competition in Sydney

Global Touch Live in Pokhara

Bhadrakali Music Fest 2064

-------------------------------------

Other links
 Astrology
 

Astrology

Horoscope

Numerology

 Education Directory
 

School

College

Training Centers

 Travel Directory
 

Airlines

Hotels

Restaurants

Travel Agencies

Trekking Agencies
 Funny SMS
 

SMS Friendship (86)

SMS Funny (180)

SMS Greetings (63)

SMS Hindi (178)

SMS Romantic(188)

पोखरेली सहारा र आहा गोल्डकपको उचाई

शिव शर्मा चाञ्चल

खेलकुद भनेपछि हुरुक्क नहुने पोखरेलीहरु कमै छन् । खेलकुदमा पनि फुटवल भनेपछि त झन सवैको रोजाइ हुने गरेको छ । फुटवलमा पनि आहा गोल्ड कप सवैको बहुप्रतिक्षारत प्रतियोगिता हो । सहारा क्लव पोखरा र आहा गोल्ड कप प्रतियोगिता एक अर्काका पर्याय हुन । राजधानी खाल्डो वाट टाढा रहेर पनि सहारा क्लव पोखराले फुटवलमा स्वदेशमा मात्र हैन विदेशमा समेत ख्याति आर्जन गरको छ । त्यही ख्यातिका कारण देश विदेशबाट सहारा क्लवले भरपुर सहयोग पाइरहको छ । प्रत्येक वर्ष आहा गोल्ड कप प्रतियोगिता आयोजना गरेर सहाराले चर्चा बटुल्दै आएको छ । र फुटवलप्रेमीहरुलाई अपार मनोराजन पनि प्रदान गदै आएको छ । शुरुका दिनमा सामाजिक सेवा गर्ने हेतुले स्थापना भएको सहारा क्लव अहिले आएर फुटवलको पर्याय बनेको छ । धेरै ले सहारालाई फुटवलमा ख्याति आर्जन गरेको क्लवको रुपमा चिन्ने गरेका छन् । यसको सम्पुर्ण श्रेय क्लवले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको आहा गोल्डकपलाई नै जाने गरेको छ ।

विगत का वर्षहरुमा जस्तै यस पटक पनि क्लवले पोखरा रंगशालामा आहागोल्ड कप प्रतियोगिता गदै छ । फागुनको दोस्रो सातादेखि हुन लागेको प्रतियोगिताको तयारीका लागि आयोजकहरु जुटीसकेका छन् । फागुन महिनाको थोरै चिसो र पारिलो घाममा फुटवलप्रेमीहरुले यस पटक पाचौ आहा गोल्डकप हेरेर मज्जा लिन पाउने भएका छन् । प्रतियोगितालाई रोचक र घोचक बनाउन आयोजनाहरुले नया प्रयोग गदै आएको पाइन्छ । गत वर्ष विदेशी नाइजेरियन टोलीलाई प्रतियोगितामा समावेश गरेर अपार घरेलु दर्शकको मन लुटेको थियो । जुन प्रतियोगिताको उपाधी समेत नाइजेरियन टोलीले नै हात पारको थियो ।

यस पटक पनि प्रतियोगितालाई रोचक बनाउन आयोजकहरुले बेलायतवाट फुटवल टिम झिकाएका छन् । सहारा क्लव युके टिममा केही वेलायती र वेलायतमा बस्ने नेपालीहरु सलग्न रहने छन् । यसको चाजोपाजो बेलायतमा रहेका क्लवका शुभचिन्तक नविन गुरु्रले मिलाएका हुन । उनि सहारा क्लवलाई थुप्रै पटक आर्थिक सहयोगत जुटा्ई सकेका छन् । यस पटक पनि क्लवलाई ९ लाख सहयोगत बोकेर आउदैछन् उनि । सहाराका उनि दानवीर नै भएका छन् । वेला्यती टोली आहा गोल्डकपमा सहभागी हुने चर्चाले फुटवलप्रेमीहरुको ध्यान खिचिएको छ र यसलाई पनि फुटवलप्रेमीहरुले रमाइलो पक्षको रुपमा हेरेको पाईन्छ । आहा गोल्डकपलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन क्लवले प्रतियोगितामा विदेशी टिमलाई सहभागि गराउन थालेको हो । बेलायतवाट समेत फुटवल टिमको सहभागिता हुने भएपछि आयोजकहरु पनि हर्षित छ्न् । क्लवका अध्यक्ष विक्रम थकाली भन्छन्-आहा गोल्डकपलाई अन्तराष्ट्रिय स्तरमा पुर् याउने योजना छ । देशकै ठुलो रंगशालामा यस पटक पनि १२ टिमको प्रतियोगितामा चर्को प्रतिस्पर्धा हुने छ ।

सहारा क्लवले जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना गरेर फुटवलको यात्रा थालेको थियो । तत्तपश्चात क्लबले क्षेत्रिय र राष्ट्रिय हुदै अहिले अन्तराष्ट्रिय स्तरको आहा गोल्डकप गदै आएको छ । पहिलो पटक ०५८ मा अन्तराष्ट्रिय स्तरको क्याराभान गोल्ड आयोजना पश्चात फुटवलमा क्लवको नाम चम्किन थालेको हो । तर आहा गोल्डकप भने ०५९ सालमा पहिलो पटक आयोजना गरेका थियो । अहिले सम्म पनि आहा गोल्ड कपलाई निरन्तरता दिदै आएको छ । प्रतियोगितालाई सफल पार्न हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजकको भुमिका निर्वाह गदै आए पछि झनै प्रतियोगिता गर्न आयोजकहरु जुर्मराएका हुन । त्यस्तै प्रतियोगिता सफल पार्न आम फुटवलप्रेमी पोखरेली शुभचिन्तकहरुकेा साथ र प्रेरणा पाएकै कारण पनि प्रतियोगिताले निरन्तरता पाएको हो ।

मोफसलको फुटवल क्लवको नाम आउँदा पहिलो सहारा क्लब कै आउँछ । अन्तराष्ट्रिय स्तरको आहा गोल्ड कप आयोजना देखि सामाजिक कार्यमा समेत हात हालेर क्लवले देश विदेशमा चर्चा बटुलीरहेको छ ।

क्लवले एक पछि अर्को फड्का मादै यतिवेला आफनै निजी मैदान बनाउन कस्सिएको छ ।


मैदानका लागि क्लवले पोखरा उपमहानगरपालिका-१७ स्थित दोविल्ला भन्ने ठाउँमा २६ रोपनी जग्गा खरिद गरेको छ । मैदान वनाउन क्लवले ३१ लाख ९ हजारमा उक्त जग्गा खरिद गरेको हो । अव सहारा क्लव आफनै खेल मैदान हुने नेपालकै पहिलो र एउटा मात्र क्लव वन्न पुगेको छ । टेवल कुर्चिका भरमा खुल्ला छानो मुनिवाट आफनो यात्रा तय गरेको क्लवको अहिले आफनै पक्की भवन छ । झनै यतिका खर्च गरेर अहिले आफनै मैदान बनाउने हैसियतमा पुगेको छ । क्लवले खेलप्रेमी तथा संचारकर्मिहरुलाई जग्गाको अवलोकन भ्रमण गराई बन्ने मैदानको बारेमा जानकारी गराएको थियो । क्लवको यो कदमलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । यसले फुटवलको विकासमा गहन योगदान दिने छ क्लवका पुर्व अध्यक्ष वसन्त थकालीले भने-मोफसलको एउटा क्लवले निजी मैदान निर्माणमा लाग्नु चानचुने कुरा हैन ।

दुई वर्ष अगाडी असहाय परिस्थिति र विपन्न वर्गका अनाथ असहाय बालकहरुलाई लिएर संचालन गरेको सहारा एकेडेमीका लागि मैदानको अभाव महशुस गरेर जग्गा किनको क्लवले जनाएको छ । एकेडेमीमा २५ जना बालकहरु छन् । उनिहरुलाई निशुल्क रुपमा खाने वस्ने पढने र फुटवलको तालिम व्यवस्था क्लवले गदै आएको छ । यसरी खरिद गरिएको जग्गामा फुटवल मैदान आवासगृह पौडी पोखरी पुस्तकालय बन्न्ो छ ।

जुन अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउने योजना क्लवको छ । जग्गा खरीद गर्नका लागि क्लवले १३ लाख ऋण समेत लिने भएको छ । यसका लागि क्लवले विदेशमा रहेका नेपाली र अन्य संघ संस्थालाई सहयोगका लागि गुहार्ने भएका छन् । क्लवलाई वेलायतमा वसोवास गर्ने नविन गुरुङले नियमित सहयोग गदै आएका छन् । त्यसो त विदेशमा रहेका नेपालीहरुले क्लवलाई बारम्वार आर्थिक सहयोग गदै आएका छ्न् । सवैको सहयोग हुने देखेर नै हामीले आफनै मैदान बनाउन कस्सिएका हौ क्लवका अध्यक्ष विक्रम थकालीले भने- चार वर्ष अघिको सोच वल्ल पुरा भयो । यस्तै सहयोगले क्लवलाई हौसाएको छ ।

क्लवले २० रोपनी जग्गामा खेल फुटवल मैदान र बाकी जग्गामा पौडी पोखरी बनाउने भएको छ । प्रत्येक वर्ष संचालन गदै आएको आहा गोल्ड कप यस वर्षको गोल्ड कप पछि मैदानको काम थालिने अध्यक्ष थकालीले बताए । आहा गोल्ड कप वाट हुने आम्दानीले क्लवले सहारा एकडेमी साचालन गदै आएको हो । एकेडेमीमा २५ जना असहाय अनाथ बालकहरुवाट राष्ट्रिय फुटवल टिम तयार पार्न अभ्यसरत छ । मैदान निर्माण भएपछि एकेडेमीका बालकहरुलाई उतै सारेर उनिहरुलाई आवास संगै फुटवल तालिम दिइने छ । सबैवाट सहयोग पाएमा हाम्रो यो योजना दुई वर्ष भित्र पुरा हुने छ क्लवका उपाध्यक्ष दिपक गुरुङको धारणा छ ।

यसरी आफनै निजी जग्गा खरीद गरेर चर्चा पाएको पाइसकेको छ । भने अहिले हुन लागेको आहा गोल्डकपको लोकपि्रयताले झनै क्लवले उचाई चुम्ने तर्खर गरिरहेको छ । संघारमा आइसकेको आहा कपको तयारीमा जुटेका क्लवका पदाधिकारीहरुलाई अहिले एक छिन सास फेर्नै फुस्रद मिलेको छ । प्रतियोगिताको तयारीका लागि दौडादौड शुरु भइसकेको छ । राजधानी केन्द्रित खेलकुद गतिविधीलाई यो प्रतियोगिताले बलियो थप्पड पनि दिएको छ । निश्चित रुपमा मोफसलमा रहेर यति ठुलो फुटवल प्रतियोगितालाई वर्षैनी निरन्तरता दिदै आउनु चानचुने कुरा पक्कै हैन । यो सहारा क्लवको आँट र जागर आम खेलुकद प्रेमीहरुका लागि एउटा नया उदाहरण पनि हो । भविष्यमा पनि सहारा र आहा गोल्ड कप यस्तै उदाहरण बन्न सकोस ।

Article by : Shiva Sharma 'Chanchal'

Shivacool@hotmail.com

 

 

                                                  
                                            
 

                                       
                                       
                                       

 
 

                                       
                                       
                                       

 

                              
                              
                              

 

                              
                              
                              

 

                              
                              
                              

 `

                 
                 
                 
                 
                 
                 
                 
                 
                 

Visitor count

About Us | Contact Us | Disclaimer | Feed back

Powered By: WTS
I cannot connect to the database.