Home

Chat
e-Cards
Recent & Past Events
Models

News Portal
Pokhara Photo Gallery
 
 » Past Events

9th Pokhara Street Festival 2007

8th National Taekwando Championship

National Industrial Trade Fair 2007

Surya Lights - Rhytham Nights

Trade Fair Fashion Show 2007 - II

Volleyball Competition in Sydney

Global Touch Live in Pokhara

Bhadrakali Music Fest 2064

-------------------------------------

Other links
 Astrology
 

Astrology

Horoscope

Numerology

 Education Directory
 

School

College

Training Centers

 Travel Directory
 

Airlines

Hotels

Restaurants

Travel Agencies

Trekking Agencies
 Funny SMS
 

SMS Friendship (86)

SMS Funny (180)

SMS Greetings (63)

SMS Hindi (178)

SMS Romantic(188)

असारको चटारो र रोपाई महोत्सव


असारको महिना त्यसै त किसानहरुका लागि व्यस्त महिना । यतिबेला कामको चटारोले किसानहरुलाई भ्याइ नभ्याई छ । मानो खाएर मुरी उब्जाउने समयको रुपमा लिदै किसानहरु यतिबेला खेतबारी व्यस्त देखिन्छन् । जेठको अन्तिम हप्तादेखि नै रोपाइ शुरु भए पनि यस पटक भने असार महिना लागेपछि नै रोपाईको काम थालिएको छ । यहाँ पाइला राखेपछि विदेशी मात्र हैन स्वदेशीको पनि मन प्रफुल्ल हुन्छ ।
 

बिहानी देखि साझ सम्म किसानहरु रोपाईमा नै व्यस्त देखिन्छन् । आधुनिकताले ल्याएको परिवर्तन संगै शहरमा रोपाईमा हलगोरुको चलन विस्तारै पातलिदै गइरहेको छ । हलगोरुको ठाउँमा टयाक्टरको प्रयोगले पुराना चलन र संस्कृति हराउदै गइरहेको छ । तर गाउँघरमा भने हलगोरुकै चलन विद्यामान रहेको छ । एक प्रकारले भन्दा रोपाई नेपालीहरुको एउटा ठुलो उत्सव नै हो । सारा दुख विर्सेर किसानहरु खेतमा हिलो खेल्दै रोपाईमा व्यस्त हुन्छन् । सारा थकानलाई एकातिर पन्छाएर रमाइलोका लागि हिलो छयाप-छयाप गरेर कामको बोझलाई बिर्सन्छन् पनि । असार भाका घन्काउदै खेतालीहरुको घम्साघम्सीले रोपाईको मौसम विछट्टै रमाइलो हुन्छ ।  

मुलुकका विभिन्न भागमा जस्तै पर्यटकीय नगरी पोखराका विभिन्न फाटहरुमा यतिबेला रोपाई महोत्सवको तामझाम बेग्लै देखिएको छ । पोखरा आसपासका फाँटहरुमा रोपाईको माचोले शहरको वातावरणलाई पनि व्यस्त तुल्याईदिएको छ । ह ह माले ह खेतालीहरुको रोपाई गीतले फाँट रनक्क भएको छ ।

असारै मासको दबदबे हिलो,छि मलाई घिन लायो ।

पातली नानीलाई फरिया किन्दा, छ बिस ऋण लायो ।।

 

यी यस्तै असारे भाकाहरुले खेतहरु घकिन्कएका छन् । तर हिजोआज विगतको तुलनामा यस्ता असारे भाकाहरु कमै मात्रमा सुन्न सकिन्छ । आधुनिकताले छोएपछि पाश्चात्य संगीत तर्फढल्कने प्रवृत्तिले आफनै परम्परागत संस्कृति बोकेको असारे भाका पनि लोप हुने अवस्थामा पुगेको छ । यो चिन्ताले यतिबेला धेरै किसानहरुलाई सताएको छ । असारे भाका घन्काउदै हिलो खेल्ने प्रचलन हराउदै गएकोमा चिन्ता व्यक्त हुनु निश्चित रुपमा आफनो परम्परा र संस्कृति प्रति चिन्तित हुनु नै हो । हुन पनि शहरीया युवापुस्तामा असारे रोपाईको बारेमा थोरै पनि ज्ञान छैन । हिलोमा पस्दा सानो भइन्छ की भन्ने एउटा हिनताको भाव उनिहरुमा देखिन्छ । कृषिप्रधान देशमा यस्तो हुनु ज्यादै दुखको कुरा मान्नुपर्छ ।

युवायुवतिलाई रोपाईको बारेमा चेतना जोगाउन तथा आन्तिरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषदले वर्षोनी रोपाई महोत्सव गदै आएको छ । असार पन्ध्र को दिन परिषदले तीन वर्षअघि देखि रोपाईको उत्सव गर्न थालेको हो । कृषकलाई प्रोत्साहन एवं संस्कृतिको जर्गैर्ना गर्नु पनि महोत्सवले उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी पोखरा सवै मौसमका लागि भन्ने नाराका साथ चौथो असार रोपाई महोत्सव यस पटक पनि असार १५ मा बेगनासताल नजिककैको फाटमा आयोजित हुदैछ । यस अघि पाल्पाली विरुवा फाटमा दुइ पटक र सेदी फाँटमा रोपाइ जात्रा भइसकेको छ । जुन महोत्सवहरुमा विदेशी पर्यटकहरुको आकर्षा उल्लेख्य रुपमा पाइएको छ । विशेषत विदेशीहरुलाई नेपाली मौलिक परम्परा र रोपाई संस्कृतिको बारेमा धेरै भन्दा धेरै जानकारी दिनमा यो महोत्सवले सघाउ पुर्‍याएको पाईन्छ ।
 

हुन त असार १५ को दिन हरेकले एक पटक हिलोमा टेक्नै पर्छ भन्ने पुरानो मान्यता अहिले सम्म पनि विद्यमान रही रहेको छ । यसैलाई जीवन्त दिन केटाकेटी देखि बुढाबुढी यस दिन खेतको हिलोमा पस्ने गर्छन । यही महतपूर्ण दिनलाई सदपुयोग गदै पोखरा पर्यटन परिषदले आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई भेला गराएर असार रोपाई महोत्सव गर्न लागेको हो । केवल पर्यटन प्रवर्द्धन मात्र नभई यसले हाम्रो परम्परागत संस्कृति एवं आम कृषकहरुलाई पनि महोत्सवले प्रोत्साहन गर्नेछ । महोत्सव केवल हल गोरु कुदाउने र हिलो खेल्ने कार्यमा मात्र केन्द्रित रहने छैन ।

महोत्सवलाई आकर्ष र रोचक तुल्याउन विविद्य सांस्कृतिक कार्यक्रमहरु पनि रहने छन् । यसका अलवा रोपाई तथा असारे गीत प्रतियोगिता, हिलो खेत सम्माउने र हिलोमा पर्यटक दौड प्रतियोगितामा जस्ता रमाइला खेलहरु पनि समाविष्ट छन् । बढी भन्दा बढी पर्यटकहरुलाई सहभागी गराएर मनोरञ्जन प्रदान गरी परम्परागत संस्कृतिलाई संवोधन र संरक्षण गर्नु पनि कार्यकमको उद्देश्य हो, परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ भन्छन्- 'महोत्सवले पर्यटक बढाउनमा पनि मदत गर्नेछ ।' अहिले देखि नै रोपाइ महोत्सवको निम्तो बाडदै पर्यटन व्यवसायीहरु लागिपरेका छन् ।

 

पोखरा भ्रमण वर्ष२००७ चालु रहेकै बेला आयोजना हुन लागेको यो महोत्सवले निश्चित रुपमा पर्यटकहरुलाई आकषिर्त गर्नेछ । तर अहिले पर्यटकहरुका लागि अफ सिजन मानिन्छ । तर पनि नेपाल बर्साईमा रहेका पर्यटकरुलाई रोपाइ महोत्सवमा सहभागि हुन पर्यटन व्यवसायीहरुले निम्तो दिइसकेका छन् । अहिले मुलुकको अवस्था पनि केही अनुकूल देखिएकोले यस पटक महोत्सवमा जमघट राम्रै हुने अपेक्षा आयोजकहरुले गरेका छन् । असारे खाजा, दही च्युराको स्वाद चखाउदै रमाइलो असारे महोत्सवमा सहमागी हुन सवै उत्सुक देखिएका छन् । नदेखिउन पनि किन - असार १५ को दिन आफैमा रमाइलो र रमाइलो चार्ड नै हो । गाउँघर जताततै यस दिन खेतका फाँटहरु उधुमै रमाइलो हुने गर्छ । त्यसैको झझल्को मेटाउन पर्यटन व्यवसायीहरुले असार १५ लाई रोपाइ महोत्सवको रुपमा मनाउदै आएका हुन । नेपाल पर्यटन बोर्डले प्रवर्धन गर्ने रोपाई जात्राको तयारी शुरु भइसकेको छ । रोपाई महोत्सवमा सवैलाई सहभागी हुन निम्तो दिदै पोखरेली पर्यटन व्यवसायीहरु यसो भन्छन्-

छुपुमा छुपु खेत है रोपौ हातमा विउ छउन्जेल
बाँडेर लाम्ला बाडेर खाम्ला पाखुरी जिउ छउन्जेल

Article by : Shiva Sharma 'Chanchal'

Shivacool@hotmail.com

 

 

                                                  
                                            
 

                                       
                                       
                                       

 
 

                                       
                                       
                                       

 

                              
                              
                              

 

                              
                              
                              

 

                              
                              
                              

 `

                 
                 
                 
                 
                 
                 
                 
                 
                 

 

About Us | Contact Us | Disclaimer | Feed back

Powered By: WTS
I cannot connect to the database.