Home

Chat
e-Cards
Recent & Past Events
Models

News Portal
Pokhara Photo Gallery
 
 » Past Events

9th Pokhara Street Festival 2007

8th National Taekwando Championship

National Industrial Trade Fair 2007

Surya Lights - Rhytham Nights

Trade Fair Fashion Show 2007 - II

Volleyball Competition in Sydney

Global Touch Live in Pokhara

Bhadrakali Music Fest 2064

-------------------------------------

Other links
 Astrology
 

Astrology

Horoscope

Numerology

 Education Directory
 

School

College

Training Centers

 Travel Directory
 

Airlines

Hotels

Restaurants

Travel Agencies

Trekking Agencies
 Funny SMS
 

SMS Friendship (86)

SMS Funny (180)

SMS Greetings (63)

SMS Hindi (178)

SMS Romantic(188)

राजा फेरी जाग्दैछन्

 शिवशर्मा चञ्चल, पोखरा 

राजा ज्ञानेन्द्रले फेरी चहलखेलको रोल खेल्न सुरु गरेका छन् । अधिकारविहीन भइसकेका राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको भ्रामक अभिव्यक्तिले मुलुक र मुलुकवासीलाई पुनः एक पटक गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ । राजा फेरी सक्रिय हुन खोज्दै छन् भन्ने कुरा उनको अभिव्यक्तिले स्पष्ट पारेको छ । राजाले तत्कालिन माघ १९ को कदम तत्कालिन परिस्थितिको बाध्यता र जनताको चाहना बमोजिम भन्दै लोकतन्त्र पक्षधरहरुलाई जिस्काउने काम गरेका छन् ।

राजाका अधिकार एकाएक कटौती हुँदै गइरहेको अवस्थामा राष्ट्र प्रमुखको हैसियत देखाउँदै वक्तव्य दिएर आठ दललाई समेत चुनौती दिएको अवस्था छ ।  उनले अन्तरिम संविधानको मर्म र भावना विपरीत वक्तव्य दिएर  आफू मालिक बन्ने चेष्टा गरेका छन् । संविधान विपरीत राजाको वक्तव्य आएको छ । आफनो १५ महिने बर्बर निरंकुश शासनको गुनगान गाउँदै दिएको अभिव्यक्तिले आम जनतालाई आक्रोशित तुल्याएको छ ।  नेपाली जनताका लागि यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसैका विरोधमा देशव्यापी प्रदर्शन समेत भइसकेको छ । यता दलहरु राजालाई कार्वाही गर्ने निर्णय मात्र गर्छन् तर त्यसको कार्यान्वयन गर्न सक्दैनन् ।

लोकतन्त्रमा जनता मालिक भइसकेको अवस्थामा जनताभन्दा माथि उठेर उनले वक्तव्य दिएका छन् । आफू फेरी मालिक बन्ने कुचेष्टा गरिरहेका छन् । जनतालाई रैती बनाएर फेरी अर्को खेल खेल्ने योजनामा राजा लागेको देखिन्छ ।  राजाले जनतालाई जिस्काउने काम गरेका छन् । लोकतन्त्रको उपहास गर्ने काम गरेका छन् । जनआन्दोलन भाग-२ को विरोध बोलिरहेका छन् । संविधानसभाको निर्वाचन असफल बनाउने पहिलो प्रयासको रुपमा राजाले यस्तो वक्तव्य दिएका छन्। संविधानसभाको निर्वाचन भाँडेर मुलुकलाई निरंकुशतातर्फ फर्काउन राजा उद्दत भएको उनको जनभावना विपरीतको अभिव्यक्तिले छर्लङ्ग पारिदिएको छ ।

राजाले माघ १९ को कदमलाई वैधानिकता दिन खोज्दै लोकतन्त्रको अपहरण गर्ने चालबाजी सुरु गरेका छन् । राजाको चाल-चलनले पनि यही देखाइरहेको छ । उनी अझै पनि गलिसकेका छैनन् । अझै पनि मुलुक हत्ताउने सुरसारमा राजा लागेका छन् । मनखुशी वक्तव्य दिएर राजाले आफनो निरंकुश कदमलाई पुनः मलजल दिने काम गरेका छन् । आम जनता यसबाट विचलित भएका छन् । फेरी मुलुकमा प्रतिगमन निम्तने हो की भन्ने आंशका उत्पन्न भएको छ । मुलुकमा छाउन थालेको शान्तिको रेखालाई धुमिल बनाउने काम राजाबाट भएको छ ।

राजाको वक्तव्य कसरी आयो यसमा पनि ठूलो शंका र उपशंका उब्जाएको छ । निश्चित रुपमा राजाको वक्तव्य आउनुमा कुनै ठूलो शक्तिको हात पनि रहन सक्छ । राजाले कसैको आड पाएकाले साहस गरेर सन्देश दिएका हुन । वर्तमान राज्यसत्ताको नविनतम् सोच र परिकल्पना बाट राजा हतोत्साहित भएको पनि हुन सक्छ । त्यही भएर राजा अगाडि बढ्दै छन् । यसले लोकतन्त्रलाई खतराको गहिरो खाडमा पुर्याएको छ । चुप लागेर बसेका जनतालाई फेरी उमाल्ने काम राजाबाट भएको छ । तर उनको वक्तव्यलाई जनताले कुनै पनि हालतमा समर्थन जनाएका छैनन् । जनता आगो बनेर वक्तव्यको विरोधमा सडकमा उत्रेका छन् ।

राजाको यस्तो अभिव्यक्ति आउन्जेल सरकार के हेरेर बसेको थियो यसले पनि जनतालाई आश्चार्यमा पारेको छ । राजाले यति बोल्दासम्म पनि सरकार केवल राजाको वक्तव्य संविधान विपरीत  छ भनेर मात्र हिडेको छ । राजलाई कार्वाही गर्न पट्टि कुनै तदारुकता देखाएको छैन । कतै सरकारकै परामर्शमा राजाले यस्तो वक्ताव्य दिएका त हैनन भन्ने उपशंका पनि अर्कोतिर जन्माएको छ  । सरकारले यसवारे जनता समक्ष स्पष्ट पार्नेपर्छ । यो अवस्था सिर्जना गर्ने काम सरकारले पहिलेदेखि नै गर्दै आएको हो । सरकारकै कमजोरीको फाइदा उठाउँदै राजाले फेरी टाउको उठाएका छन् ।  अझै पनि राजा चुपचाप बस्ने अवस्था देखिदैन । पुरापुर अधिकारविहीन भइसकेका राजाले यस्तो दुष्साहस गर्दा पनि दलहरु गम्भीर हुन नसक्नु दुखकै कुरा मान्नुपर्छ । केवल राजाको वक्तव्य जनचाहना विपरीत भन्दै  नेताहरु हिडिरहेका छन् ।

लोकतन्त्रमा बाधक बन्न खोजेका राजाको अबको भुमिका के हो सबैलाई सोच्न बाध्य बनाएको छ । पृतनापतिले पोखरामा दिएको वक्तव्य र राजाले दिएको वक्तव्यले मुलुकमा ठूलै षड्यन्त्रको खेल सुरु भएको पुष्टि हुन थालेको छ । राजाले प्रतिगमनको गोटी फेरी चाल्ने चेष्टा गरेका छन् । दलहरुले समयमा सचेतता नपाउँदा राजा बलियो हुँदै गएका छन् । राजाको गोटी नै दलहरु बन्दै गएको पनि राजाले दिएको षड्यन्त्रपूर्ण सन्देशले स्पष्ट पार्छ ।
    राजालाई अब यसरी नै बोल्न दिने की राजालाई पूर्ण रुपमा शक्तिहीन बनाउने दलहरु सामु तत्काल देखिएको प्रमुख चुनौती यही हो । अझै पनि राजालाई ठाउँ दिनुपर्छ भनेर हिड्ने हो भने मुलुकलाई राजाले आफ्नो हातमा लिएर निश्चित रुपमा प्रतिगमन लादेर छाड्ने छन् । त्यसपछि दलहरुको अवस्था के हुने हो त्यसको नतिजाले नै देखाउने छ ।

यसर्थ पनि अब अब दलहरुले गम्भीर भएर सोच्नैपर्छ । धेरैपछि गएर सोच्ने हो भने मुलुक फेरी तानशाहको हातमा पुग्ने  छ । यो वास्तविकता हो । तत्काल गणतन्त्रको घोषणा गरेर राजालाई निलम्बन गर्नु बाहेकको अर्को विकल्प अहिले केही छैन । यदि यो भएन भने राजा पुन जाग्ने छन् । र मुलुकमा हैकम जमाउने छन् । र आम लोकतन्त्रप्रेमीहरुको हार हुनेछ । सहिदको रगत पनि त्यतिकै खेर जानेछ । यो हुन नदिनका लागि अब राजालाई बर्खास्त गर्नु बाहेक अरु विकल्प देखिँदैन

Article by : Shiva Sharma 'Chanchal'

Shivacool@hotmail.com

 

 

                                                  
                                            
 

                                       
                                       
                                       

 
 

                                       
                                       
                                       

 

                              
                              
                              

 

                              
                              
                              

 

                              
                              
                              

 `

                 
                 
                 
                 
                 
                 
                 
                 
                 

Visitor count

About Us | Contact Us | Disclaimer | Feed back

Powered By: WTS
I cannot connect to the database.