|
»
Past Events |
|
|
|
 |
|
Other links |
|
Astrology |
| |
|
|
Education Directory
|
| |
|
|
Travel Directory |
| |
|
|
Funny
SMS |
| |
|
|
|
 |
|
 |
|
|
| |
|
 |
पहिरोमा मन
शशि पोखरेल
हर रात शहरमा हुरी चल्छ, गाउँमा सायद खेतै बग्यो कि......
दीप श्रेष्ठको घर नेपाने मा भएर उनी बाहिरको शहरमा बसेको भए सायद यो गीत
सम्झेर थामिन सक्ने थिएनन् । रात भरि पानी पर्यो, शहरको सडकमा पानी जम्यो,
तर नेपाने गाउँको माथिल्लो बनपाले डाडामा पानीको भल पसेको शहरले मेसो पाएन
। जतिबेला मेसो पायो, त्यतिबेला समबेदनाका बिज्ञप्ती निकाल्ने बेला भइसकेको
थियो ।
नेपाने आधा बाँच्यो र आधा बग्यो भुरुङदीको भेलमा । नाति र बाजेको भोलिपल्ट
बारीको मेलामा जाने, माइत गएकी चेलीको गाउँ घुम्ने र बुहारीहरुको सखारै कपडा
किन्न पोखरा झर्ने सपना टुंगिदा रातीको एक बजेको थियो । न्रि्राको रात्रि
सपना देखेको बेला दिउँसो सोचेको सपना र जिन्दगी टुंगिएको कतिले भेउ पाए कि
पाएनन् कुन्नि ।
पोखरा देखि नयापुल सम्म मोटरसाइकलमा जाँदा पानीले नराम्ररी चुट्यो । चार
घण्टाको कुदाइ पछि तीखेढुंगाको ढिस्को बाट हेर्दा पारिपट्टी माटोको पहिरो
देखियो । तेह्र वटा घर बगाएको र तीस जनालाई पुरेको पहिरो माटोको थियो, तर
जति बाँचे, तिनलाई हरपल पुरिरहने पहिरो मनको थियो । पहिरोको टुप्पोमा पुगेर
तल हेर्दा भुरुङदीको धमिलो पानीले आखामा बिझायो । नजाने कतिका टाउका , हात
खुट्टा बगे यो खोलामा । तल नयापुल तिरका मान्छेहरु भन्थे, खोलामा मान्छेका
हातखुट्टा बगेका देखिन्थे रे । बाढीमा दाउरा छोप्ने मौका छोप्न जानेहरुले
हातखुट्टा छोपेनन् ।
आधारातमा अकस्मात कम्मर सम्म हुने पानी ह्वात्तै पसेपछि ज्यानको माया छोडेर
खाटमाथि चढेर आखा चिम्ले । रात कति बित्यो, कसरी बित्यो कसैले ख्याल गरेन ।
तर मनसुवा पुनले आखा खोल्दा उनी कुन लोकमा छन् भन्ने कुरा खुट्याउन खुब
गाह्रो पर्यो । आगन जोडिएको घर को नामोनिसान छैन । त्यो बिहानी जनाउन
कुखुरा बासेन वा बिहानी नै बसेन । तर घरमाथिको ढुंगोले पहिरो तर्काएर
मान्छेको तन बाँचेपनि मन मरेरै गयो । घरको गुन्द्री मकैबारीको कान्ला माथि
छ । दुइ चारवटा लाउने कपडा बारीको अर्को छेउमा छरपस्ट छन् । अलि परको गाइ
बाँध्ने गोठमा दुइ तीन वटा भाडा र एक बोरा चामल छ, कतिबेला कसले सार्यो वा
आफैले सारियो थाहा छैन । न त गोठ पारिको घरको आगनमा तेसारेको मान्छेको
बिस्कुन कसरी फिजारियो भन्ने नै थाहा छ ।
शहरले समाचार सुन्यो । जिब्रो टोक्यो, राहतको बिज्ञापन गर्यो । एक हुल
मान्छे पर्सिपल्ट दुइ बोरा सामान बोकेर त्यहाँ पुगे । लक्षित मान्छेको हातमा
बोरा पुग्नु भन्दा दुइ घण्टा अगाडि एफएमबाट बोलेको समाचार ती मान्छेको कानमा
पुग्यो । बाँड्ने ठुला महाशय र महाशया हरुको नाम ती हात थाप्नेहरुको कानमा
पर्यो, ठुला मान्छेहरु, दयालु मान्छेहरु । ती मान्छेले अर्कोर्दिन
कार्यालय फर्केर दाङसिङ पुगेर आएको दुइ दिनको भत्ता बुझे र लेकसाइडको एउटा
होटलमा बियर खाए ।
"तिमीहरुकै जिम्मा हाम्रो जीउ ती बुढीआमाको गुहार-"मारे पाप पाले पुण्य"।
घरको र सम्पत्तिको भन्दा मान्छेलाई आफ्नो जीउको माया बढी हुन्छ । घर छोडेर
स्कुलमा आउनु अघि मनसुवा पुनले आफ्नो जीउको जिम्मा अर्कालाई दिइन् । त्यसो
त जीउ को जिम्मा यसअघि पनि उनको हातमा कहाँ थियो र । अघिल्लो साँझ कति पानी
परेको भनेर सँगै आकाशलाई सरापेकी छिमेकीको जीउ अज्ञात थियो र उनको जीउ आधा
मुटु बोकेर भत्केको बाटो नाप्दै थियो । कसले उनको जीउ बचायो, अर्काको बगायो
, जिम्मा आफ्नो कहाँ हुन्छ ।
टकमाया पुन । यी पात्र करीब तीन बीस लागिहुनन् । उनको आँगनमा झण्डै डेढ
दर्जन लाश थुपारिए । ती लाशहरु मध्ये एउटा उनको जेठो छोराको थियो । अर्का
बुहारीको र अन्य दुइ वटा नाति नातिनाको । मुख छोपेको बर्को घरी घरी
पत्रकारहरु तस्वीर लिन हटाउथे र पिढीबाट यस्सो घाटी तानेर उनी आगन मा
हेर्थिन्, अघिल्लो राति संगै सुतेका नातिनातिनाको कच्याककुचुक परेको अनुहार
।
जानेहरु गए । बाँच्नेहरुसँग जे छ त्यो आधा छ । गाउँ आधा, परिवार आधा र मन
आधा । आधा गाउँमा माटोको ढिस्को खसेर पहिरो गयो र आधा मन त्यसैको थर्कोले
पहिरोमा पर्यो । आधा मनका सपना हेरेर बाँच्छन् नेपानेका मान्छेहरु । |
|
 |
Article by : Shasi Pokharel
sangami@gmail.com
|
| |
|
|