Home

Chat
e-Cards
Recent & Past Events
Models

News Portal
Pokhara Photo Gallery
 
 » Past Events

9th Pokhara Street Festival 2007

8th National Taekwando Championship

National Industrial Trade Fair 2007

Surya Lights - Rhytham Nights

Trade Fair Fashion Show 2007 - II

Volleyball Competition in Sydney

Global Touch Live in Pokhara

Bhadrakali Music Fest 2064

-------------------------------------

Other links
 Astrology
 

Astrology

Horoscope

Numerology

 Education Directory
 

School

College

Training Centers

 Travel Directory
 

Airlines

Hotels

Restaurants

Travel Agencies

Trekking Agencies
 Funny SMS
 

SMS Friendship (86)

SMS Funny (180)

SMS Greetings (63)

SMS Hindi (178)

SMS Romantic(188)

यो कस्तो विडम्बना ?

शिव शर्मा चञ्चल

राजनितिक सहमतिको बाटोबाट पर सदै फेरी आठदलको सहमति विखण्डन तर्फउन्मुख हुदै गइरहेको छ । राजनितिक अस्थिरताले अर्कोतिर मुलुकमा खतराको संकेत दिइरहेको छ । असहमित र असमझदारीकै कारण व्यवस्थापिका-संसदको बैठक सुचारु हुन सकेको छैन । रोष्टम घेर्ने र बैठकमै नाराबाजी गर्ने शैलीले दलहरु बीचको मतभेदलाई र्छलङ्ग पारीदिएको छ । मधेशी र माओवादी सांसदको माग पुरा नगरेको भन्दै मधेशी सांसद र माओवादी सांसदले दुइ साता लामो समयको अन्तराल पछि बस्न लागेको संसद फेरी अवरुद्ध गरे । संसद चल्न नसक्नु, मुलुमा अशान्ति बढदै जानु र नागरिक हकको कुनै ग्यारेन्टी नहुनुले थप आशंका मात्र जन्माउने काम भएको छ । आठ दल बीचको टुटफुट र अविश्वासले गर्दा नै अहिले मुलुकले थुप्रै समस्याहरु भोग्नु परिरहेको छ । सुरक्षा व्यवस्था फितलो बनिरहेको छ । दिनदहाडै सरकारी कार्यालयहरुमा तोडफोड मात्र हैन प्रशासक माथि प्रहार भइरहेको छ ।

 र्सवसाधारण व्यक्ति हत्या अपहरणका घटनाले झनै व्यापकता पाईरहेको छ । जिउधनको सुरक्षा फिटिक्कै छैन । लोकतन्त्र आयो अव त केही होला भनेर विश्वास गर्ने जनतालाई अहिले दिनहु“ भइरहेका घटनाका श्रृखलाहरुले विगत र अहिलेको राज्य व्यवस्थामा कुनै अन्तर देख्न छाडीसकेका छन् । सरकारी उदासिनताले अरु अमान्य तत्वहरुले आफनो सक्रियता बढाइरहेका छन् । तर दलहरु यस तर्फथोरै मात्रमा पनि सचेत भएको पाइएको छैन । एउटाले अर्कोलाई आरोप प्रत्यारोप गदै समय खेरा गइरहेको छ । दलहरु बीच देखिएको यो असमझदारीले विदेशी शक्तिहरु पनि चलमलाउन थालीसकेका छन् । यो दुर्भाग्यको भार आम जनताले खेपीरहेका छन् ।

उता अमेरिकाले आफना नागरिकहरुलाई नेपाल आउन समेत प्रतिबन्ध लगाइरहेको छ । कारण के त उसले अझै पनि माओवादीलाई आतकवादको सुचीमा राखिरहेको छ । तर अहिले माओवादी राज्य पक्षमा रुपान्तरण भइसकेको छ । अमेरिकाले माओवादीलाई पहिलाकै अवस्थामा राख्नु यो मुलुकका लागि नै दुखदायी क्षण हो । एक त यो अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप पनि हो । साथै अर्कोको आन्तिरिक मामिलामा माथिको उसको गिद्धे दृष्टि पनि हो । नेपालको मामिलामा पटक पटक अमेरिकाले यस अघि पनि हस्तक्षेप गदै आएको हो । तर अमेरिकालाई मात्र हामीले दोष थुपारेर हुदैन । माओवादीले पनि अहिले आएर पहिलाको जस्तो केही व्यवहारहरु देखाइरहेको छ । पछिल्लो पटक माओवादीको कार्यशैली पनि उदण्डको पराकाष्ठ नाघीरहेको छ । खास गरी माओवादीको भातृसंगठन वाइसियल ले मच्चाएको अराजकतालाई देखेर अमेरिकाले त्यो आरोप लगाएको हुन सक्छ । वाइसियल कै नाममा प्रहरी प्रसासकहरुले दुख भोग्नु परेको छ । एउटा बलियो राजनितिक शक्तिको रुपमा खडा भइसकेको माओवादीलाई यस्तो गर्न अहिले सुहाउने कुरा हैन । किनकी माओवादी अहिले आफै सरकारमा पनि सहभागी रहेको छ । वाइसियलको यो कार्यशैली परिवर्तन गरेर अग्रगामी राजनितिक निकास तर्फआफुलाई समाहित गराउनु अपरिहार्य देखिन्छ । वाइसियलले राम्रो काम पनि गरेको छ तर केही नराम्रो कामले राम्रो काम ओझेलमा परेको छ ।

फेरी तर्राईतिर गोइत, ज्वालासिंह, मधेशी जनअधिकार फोरमले एकलौटी शासन कायम गरिरहेका छन् । यि समुहहरुले अनावश्यक रुपमा र्सवसाधारण माथि जाइलागिरहेका छन् । हत्या र अपहरणको शैली अपनाइरहेका छन् । ज्वाला र गोइत समुह त झन बन्दुकको भरमा तर्राईमा आतंक फैलाइरहेको छ । पहाडीया भएकै आधारमा दुख दिने काम भइरहेको छ तर्राईमा । अहिले तर्राईको अवस्था अत्यन्तै नाजुक मोडमा पुगेको छ । राज्यले पनि मधेशीको समस्यालाई सहजतापूर्वक ग्रहण गर्न सकेको छैन । यही कारण पनि मधेशमा अस्थिरता कायम भएको हो । बलेको आगोमा तेल थप्ने तत्व तथा अन्य हिंसा भडकाउने गिरोहहरु झनै लागिपरेका छन् । यो अवस्थाको फाइदा लुटन भारतीय अपराधिक गिरोहहरु पनि सल्बलाएका छन् । तर्राईमा बलेको आगो अझै निभ्न सकेको छैन । दुलो भित्र छिरेका निरंकुशवादीहरु पनि खुल्लम खुला निस्केर हिडन थालेका छन् । लोकतन्त्रवादी भन्नेहरुकै कमीकमजोरीले यो सवै भएको हो भन्नेमा कुनै सन्देह छैन । आठदल आपसमा सहमत हुन नसकी पटक पटक संसद अवरुद हुनु , काग्रेस विशेष गरी गिरिजाप्रसाद कोइराला गणतन्त्रको पक्षमा जान हिच्किचाउनु, एमालेको गणतन्त्र बोलीमा सिमीत रहनु तथा माओवादीले पुरानै कार्यशैली देखाउनु जस्ता कारणले राजालाई बल पुगेको छ । यस्तै कारणले मुलुकमा गणतन्त्रको नारा केवल नारामा मात्र सिमित रहेको छ ।

गणतन्त्रमा जाने कुरा त छदैछ अहिले सम्म जनआन्दोन दवाउने राजालाई कुनै किसिमको कार्वाही गरिएको छैन । काग्रेस त झन फाल्ने पक्षमा देखिएको छैन । विदेशी दवावमा कोइराला फसेका छन् । राजालाई फाल्ने बितिक्कै कम्युनिष्ट हालीमुहाली हुने डरले काग्रेसको सातो गएको हुन सक्छ, एक बुझक्क भन्दै थिए-यो पाराले आठ दल मिलेर फेरी राजालाई सत्ता सुम्पन कत्ति बेर छैन । हुन पनि अहिले सम्मको स्थिति हेदै यस्तै भइरहेको छ । नत संविधानसभाको निर्वाचन तोकिएको मितिमा नै हुने भयो । यी यस्तै ढिलासुस्ती कै कारण अराजक तत्वहरुलाई चहलखेल गर्न सजिलो भएको छ । खास रुपमा भन्दा अहिले सम्म लोकतन्त्रको सहज उपयोग जनताले गर्न पाएका छैनन् । लोकतन्त्रको शासन जनतालाई भने पनि त्यो बोलीमा मात्र सिमित रहेको छ । असुरक्षा , अस्थिरता, तथा राजनितिक गतिरोधले अहिले यही कुराको बोध आम जनताले गरिरहेका छन् । आठ दलबीचको विभेद र मुलुकको यो अत्यन्त नाजुक मोड देख्दा निमुखा जनताको मुखबाट मात्र यही वाक्य फुस्कन्छ- 'यो कस्तो विडम्बना हो ।' 

Article by : Shiva Sharma 'Chanchal'

shivacool@hotmail.com

 

 

                                                  
                                            
 

                                       
                                       
                                       

 
 

                                       
                                       
                                       

 

                              
                              
                              

 

                              
                              
                              

 

                              
                              
                              

 `

                 
                 
                 
                 
                 
                 
                 
                 
                 

Visitor count

About Us | Contact Us | Disclaimer | Feed back

Powered By: WTS
I cannot connect to the database.