|
»
Past Events |
|
|
|
 |
|
Other links |
|
Astrology |
| |
|
|
Education Directory
|
| |
|
|
Travel Directory |
| |
|
|
Funny
SMS |
| |
|
|
|
 |
|
 |
|
|
| |
|
 |
|
बल्न थाल्यो
शान्तिको दियो
शिव शर्मा चञ्चल
मंगलवार सात दल र माओवादी बीच भएको साझा सहमतिले मुलुकमा नया आशाको संचार
भएको छ । लामो गृहकार्य पछि दल र माओवादी यो विन्दुमा पुगेका हुन ।
जनआन्दोलन भाग दुइको सफलता संगै सात दल सरकारमा पुगेर सात महिनाको लामो
अन्तराल पछि भएको यो ऐतिहासिक समझदारी हो । यसलाई आम जनताले सहज र
सकारात्मक रुपमा लिदै मुलुकमा शान्ति कायम हुने कुरामा पनि विश्वश्त भएका
छन् ।
२१ घण्टा लामो गंभीर र निष्कर्षुक्त वार्तापछि भएको यो साझेदारीले मुलुकमा
दुइ बन्दुक निस्तेज हुने छनक पनि देखिएको छ । एघार वर्षसम्म लामो द्धन्द्धको
मार खेपेका र्सवसाधारण नेपालीका लागि यो साझा सहमति अति नै हर्षो कुरा
मान्नुपर्छ । यो समझदारीले लामो समयदेखि वन्दुक उठाएर सशस्त्र युद्धमा
होमिएका माओवादीलाई राजनैतिक मुलधारमा ल्याई अन्तिरम सरकारमा सहभागि हुने
वाटो खुल्ला भएको छ । यो माओवादीका लागि पनि खुशिको कुरा मान्नुपर्छ ।
अव नत माओवादीले हतियारको प्रदर्शन गर्न पाउने छन् नत नेपाली सेनाले नै ।
माओवादी र सेनाका हतियारहरु आ-आफनै क्याम्प र ब्यारेकमा भण्डारण हुनेछन् ।
यसरी हतियार निश्चित ठाउँमा सिमित रहेपछि र राजाको शक्ति क्षीण भएपछि
मुलुकमा वल्ल नूतन परिवर्तनको रेखा कोरिने छ । यसमा सहमति जुटाउन हरेकले
अग्रगमी बाटो अपनाउनै पर्छ । अहिले भएको दल र माओवादीको समझदारीले नेपालमा
दीघकालिन शान्ति स्थापना हुनेमा भने सबै ढुक्क देखिएका छन् । त्यसलाई यो
लामो समझदारीले पनि प्रमाणित गरिदिएको छ । यो ऐतिहासिक समझौता संगै देशभरी
खुशियाली मनाउने क्रम पनि शुरु भएको छ । स्वदेशी मात्र हैनन् विदेशीहरु पनि
नेपालमा भएको यो समझौताले खुशि भएका छन् । तर नेपालको हित नचाहनेहरु भने
यसवाट डगमगाएका छन् । र हच्किएका छन् । तर नेपाली-नेपाली बीचमा समझदारी हुनु
नै सवैभन्दा ठुलो उपलब्धि हो । यसमा वाहिर मुलुकको टिकाटिप्प्ाणी ले भने
कुनै अर्थ राख्दैन ।
मंगलवार राती भएको समझौतावाट नया नेपालको निर्माण हुनेछ भन्नेमा हरेकको
ध्यान केन्द्रित भएको छ । यही खुशियालीमा मुलुकभरी विजयजुलुस निकालिएको छ ।
आम र्सवसाधारणले शान्तिको महशुस गदै दीपावलि मनाएका छन् । निश्चित रुपमा यो
समझदारी दल र माओवादीको जीत नभई आम शान्तिकामी नेपालीको जीत हो । अव यो
समझौतालाई साकार पार्न सवैले आ-आफनो क्षेत्रवाट अग्रगामी भुमिका निर्वाह
गर्नुपर्छ । यो समझौतालाई विथोल्न यहा“ षडयन्त्रका तानावुना वुन्ने काम पनि
नहोला भन्न कदापी सकिदैन । यस्तो अवस्थामा दल-माओवादीले पनि त्यतिकै सचेतता
अपनाउनै पर्छ । दल-माओवादीको समझदारीले नै मुलुक यो अवस्थामा पुगेको छ ।
यस्तो वेला गंभीरतालाई पनि सवैले ध्यान दिनुपर्छ । अलिकति पनि हेलचक्रयाई
भयो भने यसले दृष्परिणाम निम्त्याउनेछ ।
नया नेपाल निर्माणार्थ दल र माओवादी बीच भएको यो समझौतालाई भारतले जनताको
जीत भनेको छ भने अमेरिकाले व्यवहारपछि मुल्याङकन गरिने र वेलायतले नेपालको
शान्ति स्थापनामा सुखद संकेत भएको टिप्प्पणी गरेका छन् । राजनितिक मुद्धा र
हतियार व्यवस्थापनको विषयमा भएको यो सहमतिले निश्चित रुपमा नेपाली जनतामा
आशाको किरण पलाएको छ । विदेशीहरुको वोलाई र गर्राईमा नेपाली जनतालाई कुनै
सरोकार छैन । जनतालाई चाहिएको काटमार र हिसां विरोधी नेपाल हो । त्यसको
संकेत यो ऐतिहासिक समझदारीले देखाइदिएको छ । १९ दिने जनआन्दोलन सफल भएर
जनताले एउटा विजय हासिल गरेका थिए । त्यसको ठिक सात महिनाको अन्तराल पछि
अर्को विजय जनताले हासिल गरेका छन् । र त्यसमा खुशियाली पनि मनाइसकेका छन्
। यो पनि नेपाली जनताका लागि अर्को ठुलो जीत नै हो । हतियारको राजनिति
गरीरहेका माओवादी एकाएक राजनीतिको मूलप्रवाहमा आउनु एउटा सुखद पक्ष नै
मान्नुपर्छ ।
लामो समय देखि समस्या नै समस्याले ग्रस्त नेपालमा अहिले आएर शान्तिको दियो
बलेको छ । द्धन्द्धको अन्तय पनि भएको छ । मूख्य कुरा हतियार व्यवस्थापनको
लामो विवादको पनि अहिले आएर टुङ्गो लागेको छ । अव हतियारको वलमा शासन गर्न
नसकिने रहेछ भन्ने कुरा पनि यही सहमतिले नै प्रष्ट पारिदिएको देखिन्छ । जे
भएपनि दल-माओवादी बीच एउटा लिखित ऐतिहासिक समझदारी भयो त्यो नै मुलुक र
मुलुकवासीका लागि गर्व गर्ने कुरा हो । यसका साथै तानशाह शाही व्यवस्थालाई
टुङ्गो लगाउने वारेमा पनि ऐतिहासिक समझदारी भएको छ । लामो समयदेखि नेपाली
जनताले भोगेको सामान्ती राजतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्नु पनि
त्यतिकै जरुरी छ । त्यसो त दल-माओवादीको समझदारीमा राजापरिवार र राजा
वीरेन्द्रको अथाह सम्पत्ति खोस्ने निर्णय हुनु जनताको पक्षमा भएको एउटा गहन
र ऐतिहासिक निर्णय नै हो । यसलाई कार्यान्वयनको दिशामा लैजान सवै पक्ष जुटनै
पर्छ । तव मात्र यो ऐतिहासिक समझौताले मूत रुप लिने छ । र जनताको अभिलाषा
पुरा हुनेछ ।
हामी सवैले गर्व गरेर भन्नुपर्छ यो सहमतिले नया नेपालको खाका कोरेको छ ।
जनतामा सुखशयल र अमनचयनको वातावरण सृजना गरको छ । अध्यारो वस्तीमा उज्यालो
छाएको छ । यो सहमतिले जनतालाई नेताहरु प्रतिको दूरीलाई कम गराएको छ ।
नेताहरुले पनि यो ऐतिहासिक समझदारी कायम गरेर आम जनतामा विश्वास जगाएका छन्
। जे समझदारी र सहमति भएको छ त्यो सवै जनताको पक्षमा भएको छ । यसमा कुनै
शंका छैन । तर यो निर्णयले मात्र नेपालमा पूर्ण शान्ति् कायम भयो भनेर
चुपचाप बस्ने वेला भने अझै आइसकेको छैन । अझै पनि नागरिक समाज र
र्सवसाधारणले दल-माओवादीलाई खवरदारी गर्नेपर्छ । तर हतियारको व्यवस्थापन,
अन्तिरम सरकार र सविधानसभाको निर्वाचन सम्म पुग्नलाई त्यति सजिलो भने छैन ।
समझौतापत्रमा सहमति जनाउदै विभिन्न खुडकिलाहरु पार गदै सहमतिको मिलनविन्दुमा
पुग्नु पर्नेनै हुन्छ। यो अप्ठयारोलाई सामना गदै अगाडी बढनु आम नेपालीका
लागि ठुलो पर्खाल हो । तर सवै एक भएपछि यो पर्खाल सिधै फोडिने छ । जे भएपनि
यो ऐतिहासिक समझदारीले नया विहानीको संकेत गरेको छ । निभ्न लागेको मधुर
शान्तिको दियो बल्न थालेको छ । यो नै आम जनताका लागि एउटा नया खुशियाली
मान्नुपर्छ । र हो पनि । |
|
 |
Article by : Shiva Sharma 'Chanchal'
Shivacool@hotmail.com
|
| |
|
|