|
»
Past Events |
|
|
|
 |
|
Other links |
|
Astrology |
| |
|
|
Education Directory
|
| |
|
|
Travel Directory |
| |
|
|
Funny
SMS |
| |
|
|
|
 |
|
 |
|
|
| |
|
 |
|
राजतन्त्रको बढदो शान र धुमिल गणतन्त्र
शिव शर्मा चञ्चल
लोकतन्त्र दिवस त मनाइयो । औपचारिकता पुरा गर्न गणतन्त्र प्रति
प्रतिवद्धता जाहेर गर्ने काम राजनितिक दलहरुले गरे । गणतन्त्रको नारा
ओराल्दैमा लोकतन्त्र बलियो हुदैन । नारा भाषणमा सिमित हुदै गएको
लोकतान्त्रिक गणतन्त्रको सपना साकार हुने समय कुर्दा
कुदै एक वर्षबितिसकेको छ । तर अहिले सम्म गणतन्त्रको घोषणा गर्न दलहरुले खुट्टा
कमाइरहेका छन् । रगत बगाएर शहिदले ल्याएको लोकतन्त्र दिवसको अवसरमा उल्टै शहिद
परिवार नै उपेक्षित हुन पुगेका छन् । सत्तामा पुगेपछि जनता विर्सदै पुरानो रोग
अहिले पनि कायमै रहेको वास्तविकता नेताहरुको व्यवहारले स्पष्ट रुपमा देखाएको छ ।
यति मात्र हैन स्वयं सत्तामा पुगेका आठ दलहरु आपसमा सहमति कायम गराउन नसकेर उल्टै
संसद भवन भित्र नाराबाजी गदै संसद अवरुद्ध पारीरहेका छन् । काग्रेसले गणतन्त्रको
घोषणा गर्न आनाकानी गरिरहेको छ । काग्रेस को यही आलटाले नितिका कारण माओवादी र
एमाले बीच गणतन्त्रको घोषणा गर्न सहमति भएको छ । पछिल्लो पटक आएर काग्रेसले देखाएको
यो डरपोक व्यवहारले गणतन्त्रमा जाने तर्फकाग्रेस पछि सरेको त हैन भन्ने शंका
उब्जाएको छ । गणतन्त्र घोषणा भए कम्युनिष्टहरुको बाहुल्यता जम्ने हो की भन्ने
त्रासले अर्को तर्फडेरा जमाएको ले काग्रेस तत्काल गणतन्त्र घोषणा गर्न तर्फअघि
नबढेको देखिन्छ ।
काग्रेसको यो व्यवहारले राजालाई बलियो हुने थप मौका मिलेको छ । मुलुक भरी
लोकतन्त्र दिवस मनाउदै गर्दा राजा भने सान संग दक्षिणकाली पुगेर बली दिइरहेका थिए ।
राजाको सुरक्षा र शान
हेर्दा उनि एक कदम पनि पछि नहटको भान हुन्छ । उनको
सुरक्षाका लागि हजारौ सैनिकहरु तैनाथ थिए । लोकतन्त्रले नया राष्ट्रिय गान
जन्माइसकको अवस्थामा राजालाई पुरानै राष्ट्रिय गान र धुनले स्वागत गरिएको थियो ।
शाही नेपाली सेनाबाट नेपाली सेनामा रुपान्तरण भएका सेनाको कार्यशैली र व्यवहार भने
पुरानै पाइएको छ । अझै पनि राजाको भक्तिगान गाउन उनिहरुले छाडेका छैनन् । सेना
नाममा मात्र नेपाल सेना भएको छ । व्यवहारले भने अझै पनि सेना जनताको हुन सकेको छैन
। राजाकै गुनगान र पक्षमा सेना उभिएको छ । सेनाकै
आँडमा राजा बलियो भएका छन् ।
देशभरी लोकतन्त्र दिवस मनाइरहेका बेला थप शक्ति प्रदान होस् भनेर पञ्चवली दिन
मन्दिर पुगे ।
जनताको बलले आएको लोकतन्त्रलाई संस्थागत गर्न ढिलासुस्ती भइरहेकै बेला
प्रतिगमनकारीहरु लोकतन्त्र दिवसमा राजको जयजयकार गर्ने सहास बटुले । राजाको
पक्षमा घनघोर नाराबाजी गरे । नेताहरु गणतन्त्र प्रति मुखले प्रतिबद्धता
जनाउदै भाषण पड्काउने काम गरेका छन् । राजतन्त्रको सक्रियतालाई अलिकति पनि
ख्याल नगरी दलहरुले आपसी समझदरी कायम गर्न नसकिरहेको अवस्था छ । त्यही
मौकाको फाइदा उर्ठाई राजा शानले टाउको उठाइरहेका छन् । यस्तो अवस्थामा आठ
दलले नेतृत्व गरेको सरकार आपसमा बाझबाझ गर्नमा व्यस्त छ । लोकतन्त्रको
मर्मलाई बिर्सेर राजालाई ठाउँ दिइरहेका छन् । यदि
राजालाई ठाउँ नदिएको भए राजा ठुलो सुरक्षाफौजका साथ दक्षिणकाली पुगेर पञ्चबली दिने
सहास कसरी बटुले । लोकतन्त्रमा राजाको स्थान गौण भइसकेको अवस्थामा राजा पुरानै
शैली र शानले हिडनुले राजा अझै शासन सत्ता हडप्ने दाउमा छन् भन्नेमा कुनै सन्देह
छैन । यो अवस्था खास गरी गणतन्त्र घोषण गर्ने तर्फअलमल्ल गरिरहेको काग्रेस कै कारण
भएको हो । यसमा धेरै थोरै अरु सातपार्टि पनि जिम्मेवार छन् । यस्तै गल्ती गदै जाने
हो भने राजतन्त्रले लोकतन्त्रको बिउ मास्दै लाने छन् । यस तर्फदलहरुको बुद्धिको
बिर्को नउघरिनु दुखकै कुरा मान्नु पर्छ ।
राजतन्त्रले टाउको उठाइरहेको बेला निश्चित मितिमा हुने भनिएको संविधानसभाको
निर्वाचन पनि नहुने पक्का भइसकको
छ । यसले झनै लोकतन्त्रमा जनता माथि अविश्वास सृजना गराएको छ ।
संविधानसभाको निर्वाचन पर र्सर्नुमा एमाले र माओवादीले प्रधानमन्त्री
कोइराला माथि दोष लगाएका छन् । निश्चित रुपमा पछिल्लो कोइरालाले देखाएको
सुस्त व्यवहार र गणतन्त्रप्रतिको आलटाले नितिले उनकै कमजोरीको संकेत दिन्छ
। फाटाफट गणतन्त्रमा गएर संविधानसभाको निर्वाचन मार्फ जनतालाई लोकतन्त्रको
सही उपभोग गराउनु पर्ने बेला गणतन्त्र घोषणा गर्न नसक्नुले राजालाई जोगाउन
का“घ थापिएको आरोप काग्रेस माथि आइरहेको छ । यो आरोपलाई मेटाउन प्रधानमन्त्रीले गणतन्त्र घोषणा
गर्ने तर्फअग्रसरता देखाउनु पर्ने हो तर त्यो संकेत रतिभर पनि देखिएको छ । उल्टै
राजतन्त्र पक्षधरहरु यो मौकालाई हेरेर आफनो शक्ति प्रदर्शन गर्दै गइरहेका छन् ।
दलहरु आफै भित्र लडेर लोकतन्त्रलाई दिनप्रतिदिन कमजोर बनाउदै गइरहेका छन् ।
राजतन्त्र अर्थात राजालाई सामान्य नागरिक सरह बनाइयो भनेर
फुइ लगाउने नेताहरुको
बोलीलाई राजाले लोकतन्त्र दिवसकै दिन देखाएको शानले नाङगो झार पारिदिएको छ । राजाले
यस दिन लोकतन्त्रको खिल्ली त उडाए नै । झनै आफु कुनै पनि हालतमा कमजोर छैन भन्ने
चुनौती पनि आठ दललाई दिएका छन् । लोकतन्त्र प्राप्ति पछि भुमिकाहीन भइसकेका भनिएका
राजाले राष्ट्रप्रमुखकै हैसियतमा गरेको यो क्रियाकलापले लोकतन्त्रका लागि शुभसंकेत
देखाउदैन । राजालाई यो सवै गर्ने सहास अरु कसैले नभई आठ दलको सरकारले दिएको छ ।
गणतन्त्रको चाहना बढीरहेको बेला राजालाई यो सवै गर्ने अधिकार दिने काम
प्रधानमन्त्री बाटै भएको छ । यस बारेमा प्रधानमन्त्रीबाट कुनै आधीकारिक धारणा बाहिर
आएको छैन । दलहरुकै कमजोरीको फाइदा उठाउदै राजाले आफनो शक्ति देखाएर छाडेका छन् ।
राजा शक्तिहीन भए बनेर बस्नु दलहरुका लागि घातक सावित हुनेछ । राजाले दलहरुलाई असफल
सावित गराएर आफनो हैकम जमाउने दिन कुरेर बसेका छन् । गणतन्त्र घोषणा गर्ने
तर्फगरको ढिलाई र संविधानसभाको निर्वाचन गर्ने मिति पर र्सर्नुले राजाको
षडयन्त्रको खेल सफल हुदै गइरहको बास्तविकता र्छलङ्ग हुन्छ । राजाकै चहलखेलका कारण
गणतन्त्र घोषणा हुन सकीरहेको छैन । झन संविधानसभाको निर्वाचन त टाढाको कुरा भएको छ
। उच्च स्तरीय जाँचबुझ
आयोगले जनआन्दोलनको मुख्य दमनकारी राजा भएको प्रतिवेदन र्सार्वजनिक गरेर
सरकारलाई कानुन बमोजिम कारवाही गर्न सिफारिस गरिसकेको छ । तर लोततान्त्रिक
सरकारले राजालई कार्वाही गर्न त परै जाओस् जाँचबुझ आयोगले लिएको
प्रतिवेदन र्सार्वजनिक गर्न समेत सकेको छैन । सरकारको यस्तै कमजोरीको फाइदा लिदै
राजा फेरी चलमलाउन थालेका छन् । उनको बढीरहेको शान र हाइफाइले गणतन्त्र खोक्रो भएको
छ । यो अवस्थाले मुलुकमा गणतन्त्र हैन राजातन्त्र बलियो हुने संकेत दिइरहेको छ । यो
सवै दलहरुको ढिलासुस्ती र आपसी मनमुटावले ल्याएको डरलाग्दो स्थित हो । यस तर्फअझै
पनि आठदल एकजुट भएर अघि नबढने हो भने त्यो डरलाग्दो आउन लामो समय पर्खिनु पर्ने छैन
। |
|
 |
Article by : Shiva Sharma 'Chanchal'
Shivacool@hotmail.com
|
| |
|
|