|
»
Past Events |
|
|
|
 |
|
Other links |
|
Astrology |
| |
|
|
Education Directory
|
| |
|
|
Travel Directory |
| |
|
|
Funny
SMS |
| |
|
|
|
 |
|
 |
|
|
| |
|
 |
|
चाहना
एयर होस्टेजको
युवायुवतिको
उद्देश्य फरक फरक हुन्छ । कोही डाक्टर पाइलट पत्रकार नर्स, त कोही
उद्योगी व्यापारी समाजसेवी । कुनै समय छाडा पेशामा को रुपमा लिइने
विमान परिचारिका अर्थात एयर होस्टेज हिजोआज धेरै युवतिहरुको
आकर्षाको पेशा बन्न पुगेको छ । र त्यतिकै इज्ज्ातदार र सम्मानित
पेशा पनि । अभिभावक र घरिपरिवार पनि आफना छोरीहरुलाई यो पेशा
तर्फलगाउन उत्साहित हुने गरेका छन् । आकाशमा बादल संगै हवाईजहाजमा
उडने चाहना कसको नहोला र - जीवनमा यो चाहना एक पटक जसको पनि हुने
गरेको छ । यही चाहनालाई मूत रुप दिन युवतिहरुको एयर होस्टेज अर्थात
विमान परिचारिका तर्फआकर्षा बढीरहेको छ । कुनै समय एयर होस्टेज
पढनुलाई उति निको मान्दैन्थे । बढी ग्ल्यामर क्षेत्रको रुपमा यसलाई
लिने गर्थे । तर अहिले समय त्यस्तो छैन हरेकमा नया धारणाको विकास
भएको छ । र समय पनि बदलिएको छ । राजधानी संगै मोफसलका शहरहरुमा एयर
होस्टेज सम्बन्धी तालिम दिने संघ संस्थाहरु पनि उतिकै तत्पर
देखिन्छ्न । बग्रेल्ती खुलेका यस्ता संघ संस्थाहरुले एयर होस्टेजको
उच्च स्तरीय अध्ययन पनि गराइरहेका छन् । |
|
|
धेरै युवतिहरु राष्ट्रिय
तथा अन्तराष्ट्रिय वागुसेवा निगममा एयर होस्टेजको रुपमा काम गर्न सक्षम पनि
भएका छन् । यो देखासिकीले अरु युवतिहरुको पनि यस तर्फ चाहना बढेको हो ।
पोखरामा पनि एयर होस्टेज बन्न चाहने युवतिहरुको होडबाजी देखिन्छ । अहिले
पल्स टु सकेका धेरै युवतिहरुलाई सोधियो भने तपाई अब के पढने हरेकको मुखबाट
फयाट्टै निस्कन्छ- एयर होस्टेज । यति विद्यी यो पेशा तर्फआकर्षा युवतिहरुमा
बढनु कारण यसमा भविष्य उज्जवल छ । उनिहरु यो पेशामा लागेपछि अरुमा
आत्मनिर्भर बन्नु पदैन । उनिहरु आफनो खुट्टामा आफै उभिन सक्षम हुन्छन् ।
फुलबारी पोखराकी २० वषिर्या टिका तिलिजा पुनको आकाशमा उडेर बादल चुम्ने रहर
सानै देखिको हो । उनि त्यतिबेला सोच्ने गर्थिन् - हवाईजहाजमा संधै उडन कसरी
पाइएला - एयर होस्टेज बनेर उनि आफनो उद्देश्य परिपुर्ति गराउन यतिबेला यहा
कक्षा लिन व्यस्त छिन् । पृथ्वीनारायण कलेजबाट स्नातक तह समेत उर्तिण गरेकी
पुन भन्दै थिइन-'अव सानै देखिको एउटा इच्छा बल्ल पुरा होला जस्तो छ ।'
|
 |
|
हो त आकाशमा उडन
उनि जस्तै धेरै युवतिहरु यहा“ एयर होस्टेजको कक्षा लिन व्यस्त छन्
। एयर होस्टेजको थेउरी र प्रयोगात्मक गरेर ३ देखि ६ महिना र बढीमा
एक वर्षो कोर्स हुन्छ । तीन महिनाका लागि ३६ हजार खर्च गरेपछि
अन्तराष्ट्रिय स्तरको एयर होस्टेज तालिम लिन पाईन्छ । विशेषतः
मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा लाग्ने युवतिहरु एयर होस्टेज
तर्फलागी रहेका छन् । नाम र दामको कुरा त झन वेग्लै छ । सेल्रि्रेटी
भित्र पर्ने हुनाले उनिहरुलाई अवसर पनि त्यतिकै छ । मोडलिङमा आफनै
छुट्टै इमेज बनाएका बबिता शर्मा, सिसिलिया गुरुङ, अर्पणा श्रेष्ठ ,
पुजा लामा आदी अहिले विभिन्न्ा एयरवेजहरुमा एयरहोस्टेजको रुपमा काम
गरिरहेका छन् । यही भएर पनि यस क्षेत्रमा इमेज बनाएका युवतिहरुको
उडान आकाशमा उडने बनाउने गरेका छन् । एक वर्षअघि मिस पश्चिमाञ्चल
पोखरा ब्युटी कनेटष्टमा सहभागी भएर सेकेन्ड रनर अप बनेकी भद्रकाली
चोक पोखराकी १९ वषिर्या रोजीना गुरुङको एकाएक नर्स बन्ने चाहना
बदलिएको छ । उनले अहिले धेरै युवतिहरु नर्सिङको अध्ययन तिर लागेको
देखिन । रोजीनालाई आकर्ष शारीरिक बनोट र उचाईले पनि एयर होस्टेजका
लागि सक्षम देखाएको छ । मोडलको रुपमा समेत चिनिएकी रोजीनाले भनिन-
'स्कोप देखेर म एयर होस्टेजको अध्ययनमा जुटेकी हु“ ।' अर्कोतिर उनि
कन्या क्याम्पसमा स्नातक तहमा पनि अध्ययन गरिरहेकी छिन् । एयर
होस्टेज तालिम हुने अंधिकाश युवतिहरु कलेज लेबलमा अध्ययन गरिरहेका
नै छन् । त्यसो त एयर होस्टेजका लागि उमेरको हकमा १८ देखि २६
वर्षउमेर तोकिएको छ । ग्ल्यामर पनि अनिवार्य रहेको तालिम दिने
प्रशिक्षकहरु बताउछन् ।
पछिल्लो क्रममा आएर नर्सिङमा जस्तै एयर होस्टेज तर्फपनि युवतिहरुको
आकर्षा बढदो क्रममा छ । आकर्षा किन बढ्यो त राम्रो पारिश्रमिक,
संसार घुम्न पाइने र नया व्यक्तिहरु संग भेटघाट आदी कारणले पनि
युवतिहरु एयर होस्टेज तर्फतानिएका हुन । इज्जत संगै कमाइ पनि राम्रो
हुने हनाले आफनो खुट्टामा आफै उभिन सकिन्छ पा“च महिना देखि तालिम
लिइरहेकी बुद्धचोककी कृति राना मगरले भनिन- 'यो सब अवसर देखेर नै
एयर होस्टेज बन्न कस्सिएकी हु“ ।' उनको चाहना अन्तराष्ट्रिय
एयरवेजमा काम गर्ने रहेको छ । यो चाहना उनको मात्र हैन उनि जस्तै
एयरहोस्टेजको तालिम लिने युवतिहरुको पनि हो । |
|
|
 |
एयर
होस्टेज बन्छु भनेर त्यति सजिलै बन्न
भने सकिदैन । यसका लागि आकर्ष शारीरिक
बनोट, कम्तीमा ५ फिट २ इन्च उचाई र
ग्ल्यामर पनि आवश्यक छ योर्स एजुकेसनल
एकेडेमीका प्रबन्ध निर्देशक वसन्त
कार्की भन्छन्- एयर होस्टेज बन्न
सौर्न्दर्य संगै टयालेन्ट पनि उतिकै
आवश्यक पर्छ । पोखरामा एयर होस्टेज
सम्बन्धी तालिम दिने संस्था योर्स
एजुकेसनल एकेडेमी मात्रै हो । ३० जना
दक्ष जनशक्ति उत्पादन पनि भइसकेका छन्
।
तीन वर्षदेखि एयर होस्टेज सम्बन्धी
कक्षा संचालन गदै आएको संस्थामा
अध्ययनरत १५ जना युवतिहरुले
अन्तराष्ट्रिय स्तरको वायु सेवा निगममा
विमान परिचारिका बनिसकेका छन् ।
अन्तराष्ट्रिय स्तरको एयर होस्टेज
सम्बन्धी अध्ययन हुने यो नेपालको
दोस्रो हो, प्रबन्ध निर्देशक कार्कीले
भने- 'हामीले प्रयोगात्मक कक्षा पनि
त्यतिकै गराउछौ ।' यही भएर पनि एयर
होस्टेजका लागि युवतिहरु बढी से बढी
तालिममा अभ्यस्त हुन पुगेका छन् ।
नेपालमा अहिले एयर होस्टेज बन्नेहरुको
संख्या त्रि्रतर रुपमा बढेको छ ।
संख्यात्मक वृद्धि संगै यो पेशामा
प्रतिस्पर्धा पनि बढेको छ । अहिले धेरै
युवतिहरुले अरु पेशाको तुलनामा एयर
होस्टेजमा रुची देखाएका छन् ।
अन्तराष्ट्रिय स्तरमै पुग्नका लागि
यसको भविष्य उज्जवल रहेकोले पनि चाहना
बढेको हो । |
|
|
 |
Article by : Shiva Sharma 'Chanchal'
shivacool@hotmail.com
|
|
|
|
|