|
पोखरामा फुटबलको मेला र खेलप्रेमी
प्रत्येक वर्षजस्तै अहिले पनि पोखरामा फुटबलको मेला लागेको छ ।
तामझामका साथ पोखरा रंगशालामा आहा गोल्ड कपको मज्जा लुटन
खेलप्रेमीहरुको बाक्लो उपस्थिति देखिन्छ । सहारा क्लब पोखराले बिगत
६ वर्षदेखि यहाँ अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गदै आएको
छ । यो ज्यादै नै सराहनिय कार्य हो । केन्द्रिकृत राज्यमा समेत हुन
नसकेको यस किसिमको खेलपद्धतिलाई सहाराले निरन्तरता दिदै आइरहेको छ
। केन्द्रमा बसेर खेलकुदको विकास गर्नुपर्छ भनेर ठुला ठुला गफ
हाक्नेहरुलाई यो प्रतियोगिताले दरिलो पाठ सिकाएको छ । |
 |
|
|
मोफसलमा
बसेर यति ठुलो प्रतियोगिताको चाजोपाजो मिलाएर निरन्तरता दिदै आउनु चानचुने
कुरा भने प क्कै हैन । भारत बगलादेशका टिमलाई जुटाएर प्रतियोगिता गर्नु
भनेको यहाँको खेलकुदलाई अन्तराष्ट्रियकरण गर्नु नै हो । वर्षरीको
बहुप्रतिष्ठित खेलहरुमा पर्ने आहा गोल्डकप फुटबलले खेलप्रेमीहरुको निरन्तर
रुपमा ध्यान केन्द्रित गदै आएको छ ।
समाजिक क्लबको रुपमा स्थापना भएको सहारा क्लब अहिले फुटबलको चर्चित क्लब
बन्न पुगेको छ । यसो हुनुमा आम खेलप्रेमी पोखरेली, बेलायतमा रहेका नेपालीहरु
र क्लबमा रहेका पदाधिकारीहरुको मेहनत र लगाबकै कारण सहारा क्लबले अहिले आएर
फुटबलमा यो उचाई ग्रहण गरेको छ । यसैको फलस्वरुप क्लबले प्रत्येक
वर्षउत्साहपूर्वक प्रतियोगिता आयोजना गदै सफलतापूर्वक सम्पन्न गदै आएको छ ।
फुटबलको निरन्तरता संगै प्रतियोगिता पनि व्यवस्थित बन्न पुगेको छ । आहा
फुटबलको बढ्दो लोकप्रियता संगै क्लबलाई सहयोग गर्नेहरुको ओइराले पनि
लागीरहेको छ । प्रायोजन गर्नेहरुको झुण्ड पनि कम्ति देखिदैन ।
प्रतियोगितालाई आयोजकहरुले निरन्तर अगाडी बढाएकै कारण क्लब अहिलेको अवस्थामा
आइपुगेको हो भन्ने कुरालाई भने कदापी नर्कान मिल्दैन । अन्य सामाजिक काममा
सहाराको स्थान रहे पनि पछिल्लो क्रममा सहारा क्लब फुटबल क्लबको रुपमा
परिचित बन्न पुगेको छ । क्लबलाई खेलकुदको क्षेत्रमा स्थापित गराउने काम आहा
गोल्डकपले नै गरेको हो । |
|
 |
पुषको चिसो मौसम संगै यतिबेला आहा गोल्डकपको रन्कोले खेलजगत तातिएको
छ । खेलको मज्जा लुट्न रंगशाला परिसर भरिभराउन बन्न पुगेको छ । खेल
हेर्नका लागि उत्साहपूर्वक खेलप्रेमीहरुको जमघटले रंगशालामा चहपहल
बेग्लै छ । स्थानिय मात्र हैनन राजधानी देखि समेत फुटबलको तिर्सना
मेटन खेलप्रेमीहरुको आगमन भएको छ । र्सवत्र यतिबेला चर्चा परिचर्चा
यही आहा गोल्डकपकै छ । प्रतियोगिता हेर्नका लागि सवै तह र तप्काका
व्यक्तिहरुको उपस्थिति रहेको छ । पुष २९ सम्म करीब दुइ हप्ता सम्म
प्रतिस्पर्धात्मक रुपमा संचालन भइरहेको खेलमा ४ देशका १२ क्लब
समुहका खेलाडीहरुको भिडन्त भइरहेको छ । यसरी संचालन भएको आहा
गोल्डकपलाई धेरैले खेलकुदको सवैभन्दा ठुलो मेलाकै रुपमा परिभाषित
गर्ने गरेका छन् । |
|
|
निश्चित
रुपमा आहा गोल्डकप वर्षा आयोजना हुने खेलकुदहरुमा र्सवाधिक चर्चित र ठुलो
खेल प्रतियोगिता हो । यस मानेमा पनि यो खेलकुदको ठुलो मेला नै हो । मेला
हेर्न हजारौको उपस्थित हुने गरेको छ ।
आहा गोल्डकपले पुषको चिसो समेत भगाउने खेलप्रेमीहरुको अनुभव छ । शरीरमा
स्फूति अनि शरीर तताउन पनि आहा कप अवलोकन गर्नेहरुको जगजगी हुने गर्छ ।
हरेक वर्षखेलप्रेमीहरुले आहा कपलाई यसरी नै अवलोकन गरेर साथ दिदै आएका छन्
। विना दर्शक आहाकपको रौनकता हुने पनि थिएनन । पोखरामा थुप्रै प्रतियोगिता
हुन्छन् तर आहा कपमा जस्तो दर्शकको उपस्थिति अरु प्रतियोगितामा हुने गरेको
छैन । प्रतियोगिताको देश विदेशमा छाएको लोकप्रियताकै कारण आहा गोल्डकपले
उल्लेख्य दर्शक बटुल्न सफल भएको हो । यो लामो अवधिको खेलक्रममा आहा
गोल्डकपले केन्द्रिय खेलकुद प्रतियोगितालाई समेत ओझेलमा पारिदिन्छ । मोफसलमा
रहेर यति ठुलो प्रतियोगिताको चाजोपाजो मिलाउनु चानचुने कुरा पक्का पनि हैन
। सहारा क्लबले धर्ैयता र सहासका साथ विभिन्न चुनौतीहरुलाई पन्छाएर
प्रतियोगिता संचालन गदै आएको हो । |
|
आहा कप फुटबल प्रतियोगिता मार्फ क्लबले
असहाय अनाथहरुका लागि संचालन गदै आएको
सहारा एकेडेमीका लागि सहयोग समेत
जुटाउदै आएको छ । तर आहा गोल्ड संचालन
धेरै खर्चिलो पनि छ । तर पनि
प्रकृयागत ढंगले संचालन हुदै आएको
प्रतियोगिताले नाफा घाटा भन्दा पनि
खेलकुदको विकासलाई बढी ध्यान दिइएको
क्लबका अध्यक्ष व्रि्रम थकालीको भन्छन
। सहारा एकेडेमीका रहेका बालकहरुले
फुटवलको प्रशिक्षण लिदै आएका छन् ।
सहाराले उनिहरुलाई निशुल्क खाने बस्ने
र फुटबलको प्रशिक्षण दिदै आएको छ ।
सहारा क्लबको यो दौड संग फुटलबमा उचाई
चुमीसकेको छ । आहा गोल्डको लोकप्रियता
संगै यसलाई अझै वृहत रुपमा
अन्तराष्ट्रिय स्तरको प्रतियोगिता
बनाउने धुनमा क्लब लागेको छ । |
 |
|
|
आहा
गोल्ड विजेताको पुरस्कार राशी पनि र्सवाधिक नै मान्नुपर्छ । यस पटक
उत्कृष्ठ खेलाडीलाई मोटरर्साईकलको व्यवस्था समेत गरिएको छ । पुरस्कार
संगै खेलको स्तरवृद्धिले आहा गोल्डकपलाई प्रगतिपथमा लम्काएको छ ।
आहा गोल्डको उद्देश्य केवल फुटवलको मनोरञ्जन लिनु मात्र हैन ।
प्रतियोगिताको उद्देश्य आन्तिरिक तथा बाहय पर्यटन प्रवद्धन गर्नु पनि
रहेको छ । आहा फुटवल प्रतियोगिताले खेलपर्यटनको विकासमा पनि अग्रणी
भुमिका निर्वाह गदै आएको छ । त्यसो त पोखरा खेलपर्यटनका लागि प्रचुर
सभावना भएको ठाउ हो । आहा गोल्ड कपले त्यो संभावनालाई परिपुर्ति गदै
आएको पनि छ । भविष्यमा पनि आहा गोल्ड कपको निरन्तरताले त्यो संभावनालाई
पूर्ण रुपमा परिपूर्ति गर्ने आशा गर्न सकिन्छ । अहिले जमेको फुटवलको
रन्को र खेलप्रेमीहरुको उत्साहले सवैलाई उमंगीत बनाएको छ । सहारा र आहा
गोल्ड कप अहिले हरेकको रोजाई बनेको छ । खेलप्रेमी पोखरेलीहरुले चाहेको
फुटवलको स्वाद सहाराले मेर्टाई दिएको छ । आउने दिनहरुमा पनि क्लबले
यस्तै स्वाद दिलाउने अपेक्षा खेलप्रेमीहरुले गरेका छन् । सहारा त्यो
अभियानमा सदैव लागोस हामी सवैको कामना |
|
 |
Article by : Shiva Sharma 'Chanchal'
shivacool@hotmail.com
|
|