2nd Day
Match
-
27 March , 2008 |
Match
Score
Match Status: (Second half)
NEPAL - 0
Goal from
PAKISTAN - 2
Goal from
Jersy no:16 Kasim 45+1 min
Jersy no:11 Rasool 90+2 min
|
|
|
|
| |
|
|
News |
| |
|
नेपालको
जित
Tuesday, 25-March-2008
पोखरा, १२ चैत/भीम थापाका
विकल्पहरु पोखरा रंगशालामा चम्कदा नेपाली राष्ट्रिय टोलीले
मंगलबार पाकिस्तान विरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा
२-१ को नतिजा निकालेको छ । दुई खेलको श्रृंखलामा यस जितसँगै
नेपालले १-० को अग्रता लिएको छ । श्रृखंलाको दोस्रो खेल भोलि
बिहीबार हुने छ ।
बैकल्पिक खेलाडीहरुले उच्च प्रदर्शन गरेपछि नेपालले घरेलु
मैदानमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । ७६ औ.
मिनेटसम्म १-० ले पछाडि रहेर संर्घष गरिरहेको नेपालका लागि
पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका भरत खवासले मैदान
प्रवेश गरेको पहिलो मिनेटमै गोल गरेर खेल बराबरीमा ल्याएका थिए
। लगत्तै १० मिनेटपछि घरेलु स्टार अनिल गुरुङले 'क्लिन फिनिस'
गरेर नेपालको जित सुनिश्चित पारे । आगामी २०६५मा एएफसी
च्यालेन्ज कप र साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली
टोलीको मनोबल दक्षिण एशियाली प्रतिद्धन्द्धीमाथि पाएको यस जितले
उच्च पारेको छ ।
नेपाल पराजय उन्मुख भइरहेको खेललाई उत्टाउने जस भने अर्का
बैकल्पिक खेलाडी सन्तोष साहुखलले पाए । मैदान छिरेदेखि नै निकै
आक्रामक ढंगले प्रस्तुत भइरहेका साहुखलको कडा प्रहार विपक्षी
गोलकिपर इल्ताफले नियन्त्रणमा लिन नसक्दा खवासले सहज गोलको
अवसर पाएका थिए । ७३ औं मिनेटमा मैदान छिरेका साहुखलले १८
यार्डबाट प्रहार गरेको बल इल्ताफले फर्काउँदा कसैको निगरानीमा
नरहेका खवासले सहज हेड मार्फ बललाई पोष्टको दिशा दिएका थिए ।
मैत्रीपुर्ण खेलमा ६ खेलाडीसम्म परिवर्तन गर्न पाउने व्यवस्था
भएकोमा पाकिस्तानले छ वटै विकल्प प्रयोग गर्यो भने नेपालले पनि
त्यसको भरपुर फाइदा उठायो । प्रमुख प्रशिक्षक भीम थापाले
अन्तिम ३० मिनेटमा पाँचजना खेलाडी परिवर्तन गर्दा नेपाल घरेलु
मैदानमा विजयको हकदार बन्न सक्यो । खवासको गोलबाट उत्साहित
नेपाली टोलीले आफनो जोशलाई कायम राख्दा अनिलले ८५ औं मिनेटमा
निर्णायक गोल गरे । जुमानु र्राईले पेनाल्टी बक्सभित्र दिएको
थ्रु बललाई अनिलले उत्कृष्ट ढंगमा गोलमा परिणत गरेका थिए ।
नेपाली राष्ट्रिय टो्लीका लागि तेस्रो म्याच खेल्ने क्रममा
अनिलको यो पहिलो गोल हो ।
नेपालले पाँच खेलाडी परिवर्तन गर्दा चुनबहादुर थापा, सन्दीप
र्राई, निराजन खड्का विराज महर्जन र भरत खवास गरी पाँच खेलाडीले
राष्ट्रिय टोलीमा डेब्यु जनाउने मौका पाए । निराजन विराज र भरत
राष्ट्रिय टोलीमा छानिएको यो पहिलो अवसर थियो ।
'आज हामी पछाडि परिसकेको खेललाई सन्तोष साहुखलले र्टन गराउने
काम गरे । साहुखलको आक्रामक खेल नै हाम्रो जितको आधार बन्यो ।
तथापि म जितको जस भने टिमको युवा व्याचलाई दिन्छु । प्रमुख
प्रशिक्षक थापाले भने-'मेरा सहयोगीहरु उपेन्द्रमान सिंह र
बालगोपाल महर्जनले सबै खेलाडीको खेल शैली राम्ररी अध्ययन गरेका
थिए । हामीले शुरुमा परिपक्क खेलाडीहरुबाट खेल शुरु गर्यौं ।
पाका खेलाडीहरु तालमेल मिलाएर आक्रमण गर्न चाहन्थे जुन सफल
भइरहेको थिएन त्यसैले दोस्रो हाफमा हामीले साहुखल, खवास,
निराजन, विशन र विराजलाई मैदान छिरायौं र उनीहरुको आक्रामक
खेलले हामीलाई नतिजा दियो ।'
उता पाकिस्तानी प्रशिक्षक अख्तर मोहीविन भने लामो यात्राको
थकानको कारण पराजय भोग्नु परेको बताए । 'हामी लामो यात्रा गरेर
हिजो राती मात्र पोखरा आइपुगेका हौं त्यसैले केटाहरु निकै
थाकेका थिए । गोलकिपरको गल्तीमा पहिलो गोल खाएपछि हामी झनै
ओइलायौं । दोस्रो हाफमा खेलाडीहरु झनै थाके ।' उनले भने ।
पाकिस्तान प्रशिक्षक अख्तरले आफनो मिडफिल्ड कमजोर हुदाँ नेपालको
मिडफिल्ड भने शसक्त रुपमा प्रस्तुत भएको प्रतिक्रिया दिए ।
शारिरीक रुपमा निकै बलिया र अग्ला पाकिस्तानीहरु फिटनेसमा पनि
नेपाल खेलाडीभन्दा अगाडि थिए । फिटनेसकै फाइदा उठाएर
पाकिस्तानले २१ औं मिनेटमा अग्रता लिएको थियो । सन्दीप र्राईको
क्रसलाई विजय गुरुङले नियन्त्रणमा लिन नसक्दा पाकिस्तानका
कसिमले बल खोसेर काउन्टरमा गोलको अवसर सृजना गरेका थिए । आफनो
पेनाल्टी बक्स नजिकै खसेको बललाई कसिमले तेज गतिमा एक्लै अगाडि
बढाएर नेपाली रक्षकहरुलाई कुनै मौका नदिई कप्तान इसालाई सहज
गोल गर्नका लागि उत्कृष्ट क्रस दिएका थिए ।
यसअघि १७ औं मिनेटमै अनिलको व्याकहिलमा जुमानुले पाएको वान
भर्सेज वानको अवसर गोलमा परिणत हुन नसक्नु नेपालका लागि
दुर्भाग्य थियो । जुमानुले पेनाल्टी बक्सभित्रबाट हानेको बललाई
विपक्षी गोलकिपर इल्ताफले बचाएका थिए । लगत्तै १० मिनेटपछि
जुमानुले नै २५ यार्डबाट बायाखुट्टाले प्रहार गरेको बल इल्ताफले
नै बचाएका थिए भने मध्यान्तर हुनै लाग्दा प्रदीप महर्जन र
अनिलल दुईवटा राम्रो अवसरबाट चुके । ४२ औं मिनेटमा सन्दीपको
क्रस प्रदीपले हेड गर्दा बलले गोलको दिशा लिएन भने लगत्तै
एकमिनेटपछि अनिल र प्रदीप बीचको असमझादारीको कारण जुमानुको
राम्रो क्रस खेर गएको थियो । दोस्रो हाफमा विपक्षीको तुलनामा
जोशिलो प्रदर्शन गरेको नेपाल दुई पटक गोल गर्ने राम्रा अवसरबाट
बन्चित हुनुपर्यो । ७१ औं मिनेटमा चुनबहादुरको क्रसमा प्रदीपले
सहज अवसरलाई खेर फाले भने ८८ औं मिनेटमा निराजनले लामो दुरीबाट
प्रहार गरेको कडा बल सहिद अहमदले गोल लाइनबाट क्लियर गरेका थिए
।
पोखरामा पहिलो पटक भएको अन्तराष्ट्रिय खेललाई पोखरेली दर्शकका
साथै मौसमले पनि राम्रो स्वागत गरेको थियो । पछिल्लो सातदिनदेखि
लगातार वषातले पिरोलिरहेको पोखरा मंगलबार खुल्दा मौसमले पनि
अन्तराष्ट्रिय खेलको रोमान्चलाई आत्मसात गरेझैं रहृयो । मौसम
खुलेका कारण दर्शकहरु अपेक्षा गरिएभन्दा ठुलो सख्यामा उपस्थित
भएका थिए । |
|
|
|
|
|
|